अपडेट 
२०८० आश्विन १२, शुक्रबार १२:१७

सुनको भाउ आज पनि घटेको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News