अपडेट 
२०८० आश्विन १३, शनिबार १७:५५

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ ।

शनिबार जनकपुरमा जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले बिभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताउनुभएको हो ।

अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताउनुभयो । उहाले विनयोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाले अर्थतन्त्रमा सुधार देखिएसंगै लगानी गर्ने बतावरणको निर्माण भएको बताउनुभयो । उहाले सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गर्नुभयो ।.

उहाले मधेशको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो ।

 

Comment


Related News

Latest News

Trending News