अपडेट 
२०८० आश्विन १६, मंगलवार ०८:१२

नेकपा एमालेको मधेश प्रदेशमा भएको प्रतिनिधि छनोटमा मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवले नेतृत्व गरेको समूहको वर्चस्व देखिएको छ । मधेश प्रदेशमा एमालेका केन्द्रीय सचिव रहेका रघुवीर महासेठको प्यानललाई युवा नेता यादवको प्यानलले चुनौती दिएको छ ।

सप्तरी जिल्लामा प्रतिनिधि छनोट हुन सकेको छैन् । प्रतिनिधि छनोट भइसकेका ७ जिल्लामध्ये धनुषा बाहेक ६ जिल्लामा यादव पक्षको बाहुल्यता देखिएको छ ।

धनुषाबाट चुनिएका २ सय प्रतिनिधिमध्ये महासेठको पक्षमा १ सय ३० भन्दा बढी प्रतिनिधि रहेको बताइएको छ । यद्यपि यसको आधिकारिक रुपमा पुष्टि भइसकेको छैन् । स्रोतहरुका अनुसार महासेठले प्रदेश अध्यक्षका लागि पुरुषोत्तम पौडेललाई तयार गरेका छन् । यादव पक्षले सुमन प्याकुरेललाई अगाडि सारेको छ ।

एमालेको मधेश प्रदेशमा १ हजार हाराहारीमा प्रतिनिधि रहेका छन् । यादव प्यानलबाट प्याकुरेललाई उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक निर्देशन जारी गरिसकेको स्रोतले जनाएका छन् । प्याकुरेल राष्ट्रिय सभा सदस्य हुन् ।

सप्तरी जिल्लाका बासिन्दा प्याकुरेल एमालेमा अत्यन्त प्रभावशाली नेता मध्येका हुन् । अध्यक्ष ओली निकट रहेका उनी नै अध्यक्ष हुने निश्चित प्रायः छ । प्याकुरेलको नाममा सर्वसहमति नभए उनी चुनावमा जाने स्रोतले जनाएका छन् ।

For video News updates plz subscribe our youtube channel

Comment


Related News

Latest News

Trending News