अपडेट 
२०८० आश्विन १८, बिहीबार ०७:५४

मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव काम विशेषले प्रदेश बाहिर रहेको अवस्थामा नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता मन्त्री यादवले बुधवार कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफू प्रदेशमा नआउन्जेलसम्मका लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News