अपडेट 
२०८० आश्विन १८, बिहीबार १३:००

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान एक सूचना प्रकाशित गरेर बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मका कर्फ्यु हटाइएको जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएकोले सर्वसाधारणको सहजताका लागि १२ घण्टाका लागि कर्फ्यु हटाइएको जनाउँदै बिहीबार राति ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म पुनः कर्फ्यु जारी रहने बताउनुभयो ।

उहाँले कर्फ्यु हटाइएको अवधिमा शान्ति सुरक्षालाई ध्यानमा राखेर सभा, बैठक, जुलुस गर्न नपाउनुका साथै कुनै पनि प्रकारको पर्चा टेम्पलेट तथा पोस्टरसमेत वितरण गर्न नपाइने र पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने निर्णय गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले फेरि एक पटक स्थानीय सर्वसाधारणलाई सद्भाव र शान्ति कायम गर्न सबैले आ आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गरिदिन आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र एक अर्कालाई सम्मान गर्न पनि अनुरोध गरेको छ ।

यसअघि शान्ति सुरक्षामा खलल पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।

Comment


Related News

Latest News

Trending News