अपडेट 
२०८० आश्विन २०, शनिबार १२:३८

जनकपुरधाममा यस वर्ष पनि सस्ता बजार लाग्ने भएको छ । यस वर्ष उद्योग बाणिज्य संघको अध्यक्षता र अगुवाईमा घटस्थापनाको दिन देखि कार्तिक पाँच गते अष्टमी तिथिसम्म गोपाल धर्मशालामा बजार लाग्ने जनाइएको छ ।

शनिबार जनकपुरधामको वाणिज्य संघमा आयोजित दशंै बजार सम्बन्धि छलफल बैठकमा सस्ता बजारलाई व्यवस्थापन गर्ने बारे विभिन्न सुरक्षा एवं सरोकारवला निकायका पदाधिकारीबीच छलफल गरिएको छ । छलफलमा बजारको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हुने निर्णय गरिएको छ । त्यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारी, जनकपुरधामका मेयर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष सम्मिलत संरक्षक तथा सल्लाहकार समिति थप गठन गरी बजारको अभिभावकत्व प्रदान गर्ने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

उनले बजार व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन गर्ने निर्णय भएको बताए ।

दैनिक उपभोग्य, चाडपर्वका सरसमान देखि विभिन्न समानहरु सुपथ र शुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुने सस्ता बजारमा एक सय बढी स्टलहरु राखिने अध्यक्ष महासेठले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News