अपडेट 
२०८० आश्विन २६, शुक्रबार ०८:१७

मधेश प्रदेशका आठ जिल्लाका तीन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय, जनकपुरधामले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

कार्यालय प्रमुख गंगाप्रसाद साहले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मुजेलिया, पर्साको वीरगंज र सिरहाको लहान बजारमा सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिए । कार्यालयको केन्द्रीय नीतिअनुसार जिल्ला शाखा कार्यालय रहेका तीन जिल्लाका तीन स्थानमा मात्रै यही असोज २१ गतेदेखि आगामी मंसिर ३ गतेसम्मका लागि पसल सञ्चालन गरिएको साहले बताए । “चाडपर्वलाई लक्षित गरी बजार मूल्यभन्दा प्रतिकेजी रु सात छुटदिने गरी ती तीन स्थानबाट चामलको कारोबार भइरहेको छ ।

अहिले दैनिक सरदर १५ देखि २० जना जति नागरिक चामल किन्न आइरहनुभएको छ”, साहले भने,“तर तीन जिल्लाबाहेक अन्य ठाउँमा पसल सञ्चालन नगरेको र चामल मात्रै किन राखेको भनेर नागरिक र सरोकारवालाहरुबाट धेरै गुनासो आइरहेको छ । यी गुनासाहरुलाई आगामी दिनमा सुधार्दै जानुपर्ने आवश्यकता हामीले महसुस गरेका छौ ।” उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यसहित व्यापार कम्पनीले केन्द्रीय कार्यालय काठमाण्डुबाहेक जिल्लास्तरमा पनि हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

कार्यालय प्रमुख साहले अरु पाँच जिल्लाबाट पनि स्टल राखेर पसल सञ्चालनमा रहेका तीन स्थानमा चामलबाहेक अन्य अत्यावश्यक खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपलब्ध गराउनुपर्ने माग विविध कारणले सम्बोधन गर्न नसकिएको बताए ।

Comment


Related News

Latest News

Trending News