अपडेट 
२०८० आश्विन २७, शनिबार १६:४५

नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिनुभएको छ । सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिनुभएको हो ।

उहाँले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News