अपडेट 
२०८० आश्विन २९, सोमबार ०८:४२

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ मा कुटपिटबाट एमालेका नवनिर्वाचित प्रदेश समिति सदस्य घाइते भएकी छन् । घरमा लगाइएको भेन्टिलेशन बन्द गर्न भनेको विषयमा स्थानीय मनोज वर्माकी ४५ वर्षीया श्रीमती सुनिता कुमारी श्रीवास्तव घाइते भएकी छन् ।

जग्गा नछोडेर लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने भन्दा स्थानीय प्रेमचन्द्र झा र उनका छोरा अवनीश कुमार झा मिलेर नेकपा एमालेका मधेश प्रदेश समिति सदस्यसमेत रहेकी श्रीवास्तवलाई कुटपिट गरी घाइते बनाएका छन् । झाले आफ्नो घरमा लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने पंचायतमा सहमति भए बमोजिम बन्द गर्न आग्रह गर्दा बाउ छोरा मिलेर आफ्नो श्रीमतीलाई कुटपिट गरेको घाइते महिलाका श्रीमान मनोज वर्माले जनाएका छन् ।

अवनीश झाले हाथमा लिएको बाँसको भाटाले अनुहारमा प्रहार गर्दा नाक काटिएको वर्माले बताए । ‘ सहमति अनुसार भेन्टिलेशन बन्द गर्न सुनीताले आग्रह मात्र गरेकी थिइन् ’ वर्माले भने, तर बाउ र छोरा मिलेर सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् । कुटपिटबाट घाइते भएकी सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याउदा नाकमा गम्भीर चोट लागेका कारण थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ । नाक काटिएर बढी रगत बगेको वर्माले जनाएका छन् ।

सामाजिक स्तरमा स्थानीय बासिन्दाहरुबीच भएको छलफलको निर्णय स्वीकार गरे पनि झाले कार्यान्यन गर्न चाहेका छैनन् । उनले जग्गा नछाडी भेन्टिलेशन खोलेकाले बन्द गर्न सामाजिक छलफलको निर्णयलाई मान्न अस्वीकार गरेकाले उनीहरु पनि विरोधमा गएका छन् । एमालेको मधेश प्रदेश अधिवेशन सकेर शनिबार मात्र घर फर्केकी सुनितामाथि आइतबार सांघातिक आक्रमण भएको छ । महिला नेतृमाथि सांघातिक आक्रमण भएपछि तत्काल प्रहरीमा खबर गरिए पनि मुख्य अभियुक्तलाई पक्राउ गरिएको छैन् ।

घटना सम्बन्धमा पीडक भनिएका झासित सम्पर्क गर्ने प्रयास सफल हुन सकेन् । झाको मोबाइलमा फोन सम्पर्क नभएपछि घटनाको यथार्थ कारण खुल्न सकेको छैन् । कुटपिटमा संलग्न रहेको आरोपमा अवनीश झालाई प्रहरीले पक्राउ गरेको छ भने प्रेमचन्द्र झाको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News