अपडेट 
२०८० आश्विन ३०, मंगलवार १८:४९

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ।

पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

i

Comment


Related News

Latest News

Trending News