अपडेट 
२०८० कार्तिक १, बुधबार ०८:०४

महिन्द्रा मोटर्सको जनकपुरधामका आधिकारिक बिक्रेता ऋचा मोटर्सले दोस्रो नयाँ शो रुम सञ्चालनमा ल्याएको छ ।

महिन्द्राको स्कोरपियो र पिकअपहरु बिक्रीगर्दै आएको ऋचा मोटर्सले अब नयाँ ट्विन पिक्स शो रुम सञ्चालनमा ल्याएको छ । त्यसमा महिन्द्रा कम्पनीका फल्यागशिप ग्लोबल एसयुभीहरु, स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को बिक्री र मर्मत सम्भारको कार्य हुनेछ । राजधानी काठमाण्डुपछि ‘ट्वीन पिक्स’ सञ्चालन गर्ने दोस्रो ऋचा मोटर्स बनेको छ ।

यस अघि इटहरीमा यो शो रुम खोलिएको थियो । नेपालमा महिन्द्रा कम्पनीको स्कोरपियो र पिकअपहरुको बिक्री उत्साहवद्र्धक मानिन्छ ।

शो रुमको उद्घाटन नेकपा एमालेका सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, महिन्द्रा कम्पनीका उपाध्यक्ष–अन्तर्राष्ट्रिय अपरेशन अटोका जोयदीप मोइत्रा र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News