अपडेट 
२०८० कार्तिक ३, शुक्रबार ०७:३७

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले महोत्तरी जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन जोड दिएका छन् ।

जिल्ला कमिटीद्वारा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन सबैलाई एकबद्ध भएर लाग्न निर्देशन दिए । जसपाले अहिले ‘घर घर जसपा, मन मन जसपा’ अभियान चलाएर संगठन सुदृढीकरणमा लागेको छ । तर अभियान सुरु हुनासाथ संगठनमा रहेका गुटबन्दी सतहमा आउन थालेका छन् । पर्सा जिल्लामा समानान्तर जिल्ला समिति बने लगतै धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा पनि समानान्तर समिति गठन भएको छ ।

जसपाको आन्तरिक गुटबन्दी मिलाउन अध्यक्ष यादवका लागि चुनौती बनेको छ । मधेश प्रदेशको सबै जिल्लामा विवाद रहेकाले समन्वय गर्न चुनौती देखिएको छ । जसपा सरकारमा रहेकाले नेता, कार्यकर्ताहरुको आकांक्षा उच्च भएको छ । पालिकादेखि प्रदेश र संघीय सरकारका मन्त्रीले समेत कार्यकर्ताहरुलाई बेवास्ता गर्न थालेकाले पार्टी भित्र असन्तुष्टि झन बढेको छ ।

Comment


Related News

Latest News

Trending News