अपडेट 
२०८० कार्तिक ३, शुक्रबार ०७:५८

जानकी फर्निसिङ एण्ड जेनेरल अर्डर सप्लायर्सले थप ब्राण्डका सामानहरुसहित आफ्नो नयाँ सो रुमको उद्घाटन गरेको छ ।

बिहीबार जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरीले उक्त सो रुमको उद्घाटन गरेका छन् । घर र अफिसमा प्रयोग हुने फर्निचर, मेटरेस, डेकोरेसनलगायतका बा्रण्डेड सामानहरुको लागि प्रख्यात जानकी फर्निसिङले अब नगरपालिका छेउमा रहेको आफ्नै दुई तल्ले भवनमा थप ब्राण्डेड सामानहरुको विभिन्न भेरिएसनसहित बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

कुनै पनि घर र अफिसका लागि चाहिने हरेक किसिमको फर्निसिङका सामानहरु किनमेल गर्न काठमाण्डु वा भारत नजानु परोस भन्ने उद्देश्यले जनकपुरधाममै उपलब्ध हुने लक्ष्यका साथ बिहीबारबाट उक्त पसल सञ्चालनमा ल्याएको जानकी फर्निसिङका सञ्चालक मौसम बजाजले बताए । सो रुममा एसपिएल, लोटस, फर्निको, एभरेष्ट, कुमार स्टिल, स्यामकिन, डिलाइटलगायतका ब्राण्डहरुको मेटरेस, कुर्सी, रिभोल्भिङ चेयर, दराजका साथै इन्डियन, चाइनिज कारपेटहरु पनि उपलब्ध रहेको सञ्चालक बजाजले जानकारी दिए । उनले दशैंको उपलक्ष्यमा ५ देखि ७ प्रतिशतसम्म छुट अफर राखिएको बताए ।

 

Comment


Related News

Latest News

Trending News