अपडेट 
२०८० कार्तिक २२, बुधबार १७:२२

एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे ।

नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापाना तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

नेपालले सन् २०२४ को जनवरीमा श्रीलङ्कमा १९ वर्षमुनिकाे विश्वकप खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले एसिया कप खेल्न लागेको हो ।

Comment


Related News

Latest News

Trending News