अपडेट 
२०८० मंसिर २, शनिबार ०८:०२

निष्ठाको राजनीतिका लागि आदर्श मानिने समाजसेवी काली साहको ९१ वर्षको उमेरमा बिहीबार राति मृत्यु भएको छ ।

लामो समयदेखि राजनीति र समाजसेवामा निष्ठापूर्वक लागेका साह केही समयदेखि बिरामी रहेका थिए । निष्ठापूर्वक राजनीति गर्ने साहले लामो राजनीतिक यात्रामा कहिल्यै सिद्धान्तबाट विचलित भएनन् । राजनीतिमा लागेका सहयात्रीहरुलाई हरसम्भव सहयोग गर्ने र समाजसेवाका लागि प्रेरित गर्ने उनको अनुहार हमेशा हँसिलो रहन्थ्यो ।

मृदुभाषी साह कुनै पनि उमेरका व्यक्तिहरुसित सहजै घुलमिल हुन सक्ने क्षमतावान थिए । उनी यस भेगमा अनुकरणीय व्यक्तित्व थिए । समाजलाई जोड्न सदैव सहजीकरण गर्ने साहको शुक्रवार अन्त्येष्टि गरिएको छ । उनका ज्येष्ठ पुत्र बजरंग साहले दागवती दिएका छन् ।

साहका ३ छोरा र २ छोरी छन् । साहको निधनप्रति जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले गहिरो समवेदना प्रकट गरेको छ । शोकाकुल परिवारजनप्रति सहानुभूति प्रकट गर्दै दिवंगत आत्माको बैकुण्ठबासका लागि परमेश्वरसित कामना गरेको छ ।

Comment


Related News

Latest News

Trending News