२०८० मंसिर ४, सोमबार ०७:४३

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

Comment

Related News

Latest News

Trending News