अपडेट 
२०८० मंसिर ७, बिहीबार ०९:३४

रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ५ राजपुर फरहदवामा एउटा समूहको आक्रमणमा परि एक जना युवक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय समाजसेवी युवा ३५ वर्षीय राजन साह रहेका छन । राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको श्री जनता नमूना माध्यमिक विद्यालयमा लगाइएको ताला खोलाउने पहल गरेको भन्दै ती समूहले गरेको आक्रमणमा परि साह घाइते भएका हुन । साहको टाउकोमा लाठी प्रहार गरिएको छ भने दाहिने छातीमा धारिलो ब्लेड प्रहार गरिएको छ । साहको उपचार गौर प्रादेशिक अस्पतालमा भइ रहेको छ । साहको अवस्था खतरामुक्त रहे पनि शरीरको विभिन्न भागमा चोट पटक लागेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

घाइते साहले रौतहट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य किरण साहको समर्थकले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । सांसद साहको स्वकीय सचिव रहेका अर्जुन कुमार साह, गाउँकै शिवचन्द्र साह ,दीपक कुमार साहसहितको समूहले आफूमाथि आक्रमण गरेको साहले आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News