अपडेट 
२०८० मंसिर ७, बिहीबार १०:०२

जनता समाजवादी पार्टीकी नेतृ तथा प्रदेश सभा सदस्यमा मनोनित सन्जिला कुमारी यादवले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बुधबार सभामुख रामचन्द्र मण्डलले यादवलाई प्रदेश सभा सदस्यको सपथ गराएका छन् । जसपाको समानुपातिक सांसद बिन्दु कुमारी यादवको क्यान्सरले निधन भएपश्चात पार्टीले सांसद यादवको स्थानमा सन्जिला कुमारी यादवलाई प्रदेश सांसदमा मनोनित गरेको थियो । सांसद यादव जसपाको महिला संघ मधेश प्रदेश कमिटिमा अध्यक्ष समेत रहेकी छन् ।

सिरहा निवासी यादव मधेश आन्दोलनदेखि मधेशको राजनीतिमा लागेकी छन् । उनले मैथिली भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । १ सय ७ सदस्य मधेश प्रदेश सभामा नेकपा एमालेबाट २३, नेपाली काँग्रेस २२ ,जसपा १८, जनमत १३, लोसपा ९, माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति पार्टी १, नेपाल संघिय समाजवादी पार्टी १, राप्रपा १ र स्वतन्त्र ३ जना सांसद रहेका छन् ।

Comment


Related News

Latest News

Trending News