अपडेट 
२०८० मंसिर ८, शुक्रबार ०७:२१

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी मनोज चौधरी कांग्रेसमा प्रवेश गर्ने भएका छन्   शनिवार जनकपुरधाममा आयोजना हुने एक कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गर्न लागेको जनाइएको छ ।

चौधरी जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जनकपुर अञ्चल बस व्यवसायी संघ लगायत दर्जनौ संघ संस्थामा आवद्ध भइ अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सक्रिय थिए । सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपा बाटै मेयरमा ५ हजार ३ सय ६० मत ल्याई तेस्रो स्थानमा आएका थिए ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा चुनाव लड्ने तयारी सहित उनी कांग्रेसमा प्रवेश गर्न थालेका छन् । प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उप सभापति विमलेन्द्र निधि समेत उपस्थित रहने जनाइएको छ । चौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ ।

Comment


Related News

Latest News

Trending News