अपडेट 
२०८० मंसिर ९, शनिबार ०८:०८

संघीय सरकारले आफ्ना सचिव तथा कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइ रहेका बेला मधेश प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरुमा विदेश भ्रमणको लर्को लागेको छ ।

एक सप्ताह भन्दा बढी दिन जपान भ्रमण सकेर केही दिन पहिला मात्रै फर्केका प्रदेशका अर्थ मन्त्री संजय कुमार यादव पुनः अमेरिका भ्रमणमा जान लागेका छन् । उनी कुन कार्यक्रममा अमेरिका भ्रमणमा जान लागेको खुलेको छैन् । तर उनी केही दिनमै अमेरिका जाने कार्यक्रम तय भएको मन्त्री निकट स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयका उपसचिव अजय कुमार लाल कर्ण र लेखा अधिकृत विजय चौधरीले करिब १५ दिनको फिलिपिन्स भ्रमण गरेर दुई दिन अघि मात्रै फर्केका छन् ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव तथा पुर्व मुख्यसचिव किशोर चौधरी र प्रदेश सभाका अधिकृत दीपेन्द्र यादव पनि केही दिन अघि मात्रै चीनको भ्रमण गरी फर्केका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारको आउँदो महिना पुसमा एक वर्ष हुने छ । तर यो अवधिमा प्रदेश सरकारले न विकास निर्माणलाई अगाडि बढाउन सकेको छ न त कानुन निर्माणलाई नै गति दिन सकेको छ । विकास निर्माणको कामलाई गति दिने बेलामा मन्त्री र कर्मचारीहरु विदेश भ्रमण जाने लर्को चलेपछि मधेश भवनमा सोही विषयमा टिकाटिप्पणी हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News