अपडेट 
२०८० मंसिर १०, आईतवार १२:११

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो ।

गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News