अपडेट 
२०८० मंसिर १३, बुधबार ०८:१४

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजतन्त्रको सम्भावना नरहेको दाबी गरेका छन् ।

उनले जनतामाथि दमन, शोषण गर्ने राजतन्त्र फर्काउनेहरु सपना नदेखे हुने बताए । महोत्तरीको एकडारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कसैले औंला देखाउँदैमा टुसो न सर्ने भन्दै व्यंग्य गरेका थिए । उनले जनताको अधिकार, नागरिक स्वतन्त्रता, जनताको मौलिक हक लगायतका अधिकार खोस्ने शक्ति कसैसंग नरहेको दाबी गरे ।

२०४६ पछि कांग्रेस र कम्युनिष्टले करिब ३० वर्षसम्म प्रत्यक्ष रुपमा शासन गरेको बताउँदै अध्यक्ष यादवले मुलुकको अर्थतन्त्र धरासायी बनाउन महत्वपूर्ण योगदान दिएको टिप्पणी गरे । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पनि मधेशीलाई हेर्ने दृष्टिकोण नेपाली जस्तो नरहेको र हेपहा प्रवृक्तिका कारण मधेश जनविद्रोह भएको चर्चा गरेका थिए । उनले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा मधेशी जनता अपहेलित, प्रताडित हुनु पथ्र्यो, न त भाषालाई मान्यता न त सर कारी सेवामा पहुँच, राज्यद्वारा प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित, मधेशी, दलित समुदायसंग अमानवीय जीवन जिउन बाध्य रहेका कारण मधेशमा विद्रोह भएको उनको भनाइ थियो । उनले भने–‘ मुस्लिमलाई नेपाली मान्न उनीहरु तयार थिएनन् उनीहरुलाई पाकिस्तानी भन्ने गरेका थिए ।’ कसैले मधेश प्रदेश हुन्छ र मुस्लिमका छोरा मुख्यमन्त्री बन्छ भनेर सोचेका थिएन तर भयो उनले भने–‘नेपालको इतिहासमा मधेशीहरु संगठित भइ शासक वर्गविरुद्ध लडाइ लडेका थिए जसका कारण मुलुकमा संघीयता आएको थियो ।’ मधेश जनविद्रोह संघीयताको जननी रहेको बताउँदै अध्यक्ष यादवले मधेशी जनता अधिकार सम्मत भएको शासक वर्ग स्वीकार गर्ने अवस्था नरहेको बताए । उनले ३८ वर्ष पहिला वैदेशिक रोजगारमा ८/१० जना गएको हुनसक्ने बताउँदै अहिले दैनिक रुपमा ८/१० हजार वैदेशिक रोजगारमा गइरहेका छन् भने ८/१० जनाको शव दैनिक नेपाल आउने गरेको बताए ।

अधिकारको लागि आन्दोलन गर्यौं अब स्वायतता, सुशासन र विकासको लागि लडाइ लड्नुपर्ने उनको भनाइ थियो । उनले आफ्नो समाज अन्धविश्वास रुढीवादको नाममा जकडेको समाज रहेको बताउँदै यसमा समानता र सम्मानको बर ाबर अधिकार र हरेक अवसरमा बराबरको भागिदारी बनाउनका लागि अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News