अपडेट 
२०८० मंसिर १४, बिहीबार १६:५२

मधेश प्रदेश सभामा रिक्त रहेको दुई वटा समितिले आज सभापति प्राप्त गरेको छ । दलीय सहमतिको आधारमा नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीले ती दुई समितिका सभापति पाएका छन् ।

एक वर्ष पछि प्रदेश सभाको कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य संजय कुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट रत्नेश्वरलाल गोईत सर्वसम्मतिले निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित हुनु भएका सभापतिहरूलाई प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । नव निर्वाचित सभापतिलाई सभामुख मण्डल सहित प्रदेश सभाका सदस्यहरु तथा विभिन्न दलका नेताहरूले सफल कार्यकालका लागि शुभकामना दिँदै स्वागत गर्नु भएको छ ।

Comment


Related News

Latest News

Trending News