अपडेट 
२०८० मंसिर १५, शुक्रबार ०७:२३

नेपाल कम्युनिष्ट पार्टी समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र क्षाका लागि समाजवादी मोर्चा अपरिहार्य रहेको बताएका छन् । उनले गणतन्त्र स्थापनाका लागि सयौंले बलिदानी दिएको बताउँदै दुई चार जना बोल्दैमा गणतन्त्र समाप्त नहुने दाबी गरे ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र समाप्तिका लागि केपी ओली प्रवृत्तिहरु आउने जाने गरेका छन् यसलाई जरै देखि उखेलेर फ्याक्नुपर्ने बताए । र ाजालाई जनताले फ्याकि सके उनी फेरि आउछ नसोच्न आग्रह गरे ।

जनताको खुन पसिनाबाट गणतन्त्र स्थापना गरिएको, नयाँ संविधान ल्याइएकोछ, जनताको कुरा सम्बोधन गरिएको छ उनले भने–‘निरंकुशवादी, अतिवादीको पछाडि नलाग्नुस ।’ मुलुकमा एउटा केपी ओली प्रवृत्तिको जथ्था छ जसले मुलुकलाई अशान्त बनाएर राख्न उद्यत देखिएको उनले आरोप लगाए ।

मुलुकमा व्यापक परि वर्तन भइ सक्यो, आधिकारिक आन्दोलनहरु समाप्त भइ सक्यो अव विकासकोलागि एकजुट हुनु जरुरी रहेको अध्यक्ष नेपालले बताए । कम्युनिष्टको नाममा संघीयता विरोधी नेकपा एमालेलाई बनाउन केपी ओलीले खेलेको भूमिका विरुद्ध आवाज उठाउँदा आपूmहरु कम्युनिष्ट नरहेको जनतामा दृष्टान्त गर्न थालेपछि समाजवादी पार्टीको स्थापना भएको उनले बताए ।

केपी ओली संघीयताको सवै भन्दा ठूलो विरोधी रहेको बताउँदै अध्यक्ष नेपालले वर्तमान व्यवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताए । विश्वको कुनै पनि मुलुकमा अधिकारका लागि भएको आन्दोलन पछि मुलुकको आर्थिक अवस्था सामान्य गिर ावट आउँछ तर, जसले सुधार गरे आज समृद्ध मुलुकको रुपमा आपूmलाई चिन्हाएको दाबी गरे ।

मुलुकलाई अव समृद्धिको बाटोमा लिएर जानुपर्ने बेलामा फेरि आन्दोलन चर्काएर मुलुकलाई अशान्त बनाइ विदेशीको हातमा सुम्पिने तयार ीमा केही व्यक्ति र पार्टी रहेको आरोप समेत लगाए । कम्युनिष्ट नेता पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी लगायतका नेताले नै मुलुकमा समाजवादी सरकारको परिकल्पना गरेको बताउँदै अध्यक्ष नेपालले ती नेताले देखेको सपना साकार भएपछि केहीलाई तनाव भएको भन्दै व्यंग्य समेत गरेका थिए ।

मुलुकमा ती नेताले आपूmलाई मात्रै कम्युनिष्ट नेताको रुपमा स्थापित गर्न थालेपछि समाजवादी मोर्चाको परिकल्पना गरिएको उनले बताए । सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जनकनन्दिनी गाउँपालिकाका मेयरका प्रत्यासी सुनिल मण्डल सहित नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायतका करिव ६ सय ५० भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको नेकपा एसका नेता श्रीप्रसाद साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News