अपडेट 
२०८० मंसिर १६, शनिबार ०७:३४

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय महासमिति सदस्यमा जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किशोरी साह र जीवनाथ चौधरी विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा किशोरी साहले ३ सय ७९ र जीवनाथ चौधरीले ३ सय १८ मत ल्याइ विजयी भएका छन् । अर्का उम्मेदवार शिवचन्द्र चौधर ीले ३ सय २ र रामबाबु यादवले २ सय ८९मत ल्याएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधि र अर्का नेता रामसरोज यादवले मधेशी कोटाको सदस्यका लागि आ–आफ्ना अडानमा अडिग भएपछि पहिलो पटक महासमिति सदस्यका लागि निर्वाचन भएको छ । यस भन्दा पहिला नेता निधिले भनेकाहरु मात्रै सदस्य हुने गरेका थिए ।

नेता निधि र नेता यादवबीच मधेश प्रदेश समितिका सदस्य जीवनाथ चौधरीलाई लिएर ठूलै चर्काचर्कीका साथै निर्वाचन सम्मको परि स्थिति आएको थियो । नेता निधिले चौधरीलाई सदस्य नबनाउने अडान लिएका थिए भने नेता यादवले चौधरी कुनै पनि हालतमा सदस्य हुनुपर्ने अडान लिएका थिए । नेता निधिले ठेकेदार संजय गुप्तालाई महासमिति सदस्य बनाउने तर चौधर ीलाई नबनाउने अडानमा थिए । चौधरीलाई रोक्नका लागि निधिले हर सम्भव प्रयास गरे ।

प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी फिर्ता लिएर भए पनि संजय गुप्तालाई सदस्य बनाए तर जीवनाथ चौधरीलाई भने हुन नदिने अडानमा थिए । निर्वाचन परिणामले भने चौधर ीलाई विजयी बनाए । कुल खसेको ६ सय ३५ मध्ये चौधरीले ३ सय १८ मत प्राप्त गरे । नेता निधिले आफ्नो पक्षबाट किशोरी साह र शिवचन्द्र चौधरीलाई उम्मेदवार बनाएका थिए भने नेता यादवको पक्षबाट जीवनाथ चौधरी र रामबाबु यादव उम्मेदवार थिए । तर, दुवै पक्षबाट एक/एक जना विजयी भएपछि दुबै जनाको प्रतिष्ठा भने जोगिएको छ ।

चौधरी बिजयी भएपछि निधिलाई भने धक्का महसुस भएको नेपाली कांग्रेसका स्थानीय नेताहरुको भनाइ छ । उनीहरुले नेता निधिलाई यस्तो अडान नलिए राम्रो हुने प्रतिक्रिया दिए ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा शहरी र ग्रामीण गरी दुई क्षेत्र आउँछ । यस निर्वाचनमा भने शहरी क्षेत्रले बाजी मारेको छ । किशोरी साह जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख छन् भने चौधरी जनकपुरधाममै बसोबास गर्ने गरेका छन् भने शिवचन्द्र चौधरी नगराइन नगरपालिका र रामबाबु यादव मुखियापट्टि मुसहरनीयामा बसोबास गर्दै आएका छन् ।

जनकपुरधामका दुबै उम्मेदवार जितेपछि शहरी क्षेत्रले बाजी मारेको छ । यस भन्दा पहिला खुल्लातर्फ स्मृति नार ायण चौघरी, गणेश तिवारी, नेता निधिकी श्रीमती अनामिका निधि, राम सरोज यादव, प्रमिला दास, मिनाक्षी झा, निलम कर्ण, प्रफुल्ल घिमिरे र संजय कुमार गुप्ता निर्विरोध निर्वाचित भइ सकेका छन् ।

नेता निधिको अडानले यस पटक भने उनको विरुद्धमा आवाज उठाउनेहरुको संख्या बढी भएको छ । नेता निधिले नाम उच्चारण गरि दिँदा सदस्य बन्ने र जसको नाम नलिदा उनी नबन्ने परिपाटिको समेत यो निर्वाचनवाट अन्त्य भएको छ ।

Comment


Related News

Latest News

Trending News