अपडेट 
२०८० मंसिर १६, शनिबार ०७:४८

मधेश प्रदेशका स्वास्थ्यमन्त्री विरेन्द प्रसाद सिंहले गैरकानुनी अस्पतालहरुमाथि छिटै कारबाहीको प्रक्रिया थालिने बताएका छन्

। ३६ औं विश्व एड्स दिवसको अवसरमा स्वास्थय निर्देशनालय मधेश प्रदेशले धनुषाको सपहीमा आयोजना गरेको पैरवीमूलक अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले जनकपुरधाममा नास्ता पसल झै सञ्चालनमा आएका मापदण्ड विपरीतका अस्पतालहरुलाई कानुनी दायरमा ल्याउन प्रादेशिक अस्पतालका चिकित्सकहरुको दुईवटा बेग्ला बेग्लै अनुगमन समिति बनाएको बताउँदै समितिले छिटै नै काम सुरु गर्ने जानकारी दिए ।

मधेश प्रदेशका सबै अस्पतालहरुलाई फाइल पठाउन पत्राचार पहिले गरिसकेको र त्यसमध्ये धेरैको फाइल आउन बाँकी नै रहेको छ, उनले भने, चाडपर्वका कारण रुके पनि अब छिटै समितिले काम थाल्ने र गैर कानुनी अस्पतालहरुलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने छौं ।

मन्त्री सिंहले प्रादेशिक अस्पतालमा चिकित्सकहरु आफनो डयुटीको समयमा पनि सेवा प्रदान नगरी अनुपस्थित रहँदै आएको कुरा आफूलाई ज्ञात रहेको बताउँदै जनशक्ति अभावकै कारण त्यस्ता चिकित्सकहरुलाई कारबाही गर्न नसकिएको बताए । जनशक्ति पूरा गर्नका लागि प्रक्रियाको थालनी भइसकेको र जनशक्ति थपिएसंगै डयुटीको समयमा पनि अनुपस्थित र हने चिकित्सकहरुलाई कारबाही गरिने उनले जनाए ।

त्यस्तै, उनले एचआइभी एड्स लागेका विरामीहरुसंग समाजमा हुँदै आएका विभेदकै कारण रोगबाट मर्नुभन्दा पनि समाजको दुत्कारबाट नै विरामीहरुको अवस्था खराब हुने गरेकाले सोचमा परिवर्तन ल्याउनका लागि आग्रह गरे । उनले समाजमा अहिले पनि जनचेतनाको अभावकै कारण यस्ता प्रवृति मौलाएकोले मधेश सरकारले समाजमा जनचेतना फैलाउने जस्ता कार्यक्रमहरुको बढावा दिएको समेत बताए ।

मन्त्री सिंहले नेपाल सर कारले एचआइभी संक्रमित बालबालिकाको जीवनयापनका लागि रु एकहजार प्रति महिना प्रदान गर्दै आएको र मधेश प्रदेश सरकारले पनि एकहजार थप गरी प्रदान गर्दै आएकोले यसलाई यसवर्ष पनि निरन्तरता दिने बताए । त्यस्तै कार्यक्रममा मधेशमा एचआइभी एड्स संक्रमितको संख्या घटदै गएको तथ्यांक सार्वजनिक गरिएको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा संक्रमितको संख्या ३ हजार ९ सय २६ रहेको छ । जस अनुसार मधेश प्रदेशमा सबैभन्दा बढि संक्रमित पर्सा जिल्लामा रहेको पाइएको छ । पर्सामा १ हजार २ सय ८७ संक्रमितको संख्या छ भने सप्तरीमा १ सय ७३, सिरहामा ३ सय ५१, धनुषामा ७ सय ६८, महोतरीमा ३ सय ३७, सर्लाहीमा ४ सय ७०, रौतहटमा ३ सय ४९ र सबैभन्दा कम बारा जिल्लामा १ सय ९१ संक्रमितलाई पहिचान गरी उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News