अपडेट 
२०८० मंसिर १६, शनिबार ०८:०९

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय शक्ति बहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीसँग सिरहाका मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव र नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) का प्रदेश कमिटी सदस्य चन्देश्वर यादव ले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

नगरपालिकाको विकास र समस्याहरुबारे मेयर यादवले मन्त्रीसंग छलफल गरेका छन् ।

भेटमा उर्जा मन्त्री तथा नागरिक उड्डयन मन्त्रीलाई नगर प्रमुख यादवले किसान सुविधाका लागि मिचैर्या नगरपालिकाभरी कृषी बिधुतियकरणको व्यवस्था मिलाउन आग्रह गरे । त्यस्तै, डिप टियुब वेल र स–साना टियुब वेलहरु प्रत्येक वडामा जडान गर्ने सम्बन्धी छलफल र निर्णयहरु भएको छ ।

त्यस्तै छलफलमा बतहा खोला र घुर्मी खोलामा तटबन्ध बनाई व्यवस्थापन गर्ने, पूर्वी नहरलाई व्यवस्थापन गरि किसानका लागि सिंचाइ खेतसम्म पुर्याउने, कमला नदिको पूर्वी र पश्चिममा रहेको तटबन्धको जिर्नोधार गर्ने लगायतका विषयमा छलफल भएको छ ।

त्यस्तै मिर्चैया नगरपालिकाभरि पानीको समस्या समाधान गर्न खानेपानी पाइप लाइन विस्तार गर्ने, नदिको छेउछाउमा बस्ती भएका र आवतजावत गर्न कठिनाइ भएको ठाँउमा कल्भर्ट बनाउने, मिर्चैयाका पर्यटन तथा भ्रमण स्थल हिर्क पार्क र कमल दह, र अन्य मठ मन्दिरहरुलाई सौन्दर्यकरण गर्ने लगायतका विषयमा छलफल भएको छ ।

छलफल पश्चार मन्त्रीद्वय शक्ति बहादुर बस्नेत र सुदन किराँतीले मेयर यादवलाई मिचैर्या नगरपालिकाका समस्याहरु समाधान गर्न छिटै काम सुचारु गर्ने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News