अपडेट 
२०८० मंसिर १८, सोमबार ०८:५१

मधेश प्रदेश सरकारले लागूऔषधविरुद्धको अभियान सुरु गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रमबीच उक्त अभियानको उद्घाटन गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषधविरुद्धको अभियानको उद्घाटन समारोहमा मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरूमा आग्रह गरे । आफ्नो सन्तान कुलतमा नफसोस् भनेर अभिभावकले ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘अभिभावकहरूले आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध दुव्र्यसनीको संख्या घट्ने छ ।’

कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले लागूऔषधले बुबाआमाको सपनामा पानी खन्याएको जिकिर गर्दै यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । उनले भने, ‘लागूऔषधले समाजमा विकृति बढाएको छ । यसमा सबै तह तप्का गम्भीर भएन भने यसलाई नियन्त्रण र न्यूनीकरण गर्न सम्भव छैन ।’

मधेश प्रदेशका आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरूलाई मनोपरामर्श दिइनेलगायतका कार्यक्रमहरू गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

कार्यक्रममा मधेश प्रदेशका पूर्वगृह तथा सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News