अपडेट 
२०८० मंसिर १८, सोमबार ०९:०३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय महासचिव परमेश्वर साहले मधेश आन्दोलनको जगमा नै संघीयता प्राप्त भएको बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल धनुषाको नवनियुक्त पदाधिकारीहरुको जनकपुरधाममा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा उनले मधेश आन्दोलनबाट कस्तो उपलब्धि हासिल भयो भन्ने प्रश्न गर्नेहरुलाई आन्दोलनकै कारण मधेश स्थापित मात्रै नभइ विभिन्न पार्टीमासमेत मधेशी कलस्टर निर्माण भएको कुरा बताउन आग्रह गरे ।

मधेश र मधेशीलाई गाली गर्ने एमालेका ठूला भनाउने मधेशी नेताहरुसमेत सोही मधेशी कलस्टरबाट आफूलाई ठूलो पदमा आसीन गराउने गरेको बताउँदै यी सबै मधेशी जनताले गरेको आन्दोलनबाट नै प्राप्त भएको बताए । उनले चुनावमा हारेर पार्टीलाई बदनाम गरी अरु पार्टीमा प्रवेश गरेको भन्दै लोसपाबाट तत्कालीन मेयरका उम्मेदवार बनेका पूर्व नगर अध्यक्षको आलोचना समेत गरेका थिए । लोसपामा पद बाँडफाँटमा भएको गुनासाहरुको छिटै समाधान गरिने बताउँदै उनले छुटेका आफ् ना नेताहरुलाई आगामी पुसमा बस्ने केन्द्रीय कार्यकारिणीको बैठकबाट उचित स्थान दिइने समेत बताए ।

लामो समय देखि विवाद रहँदै आएको लोसपाको धनुषा जिल्ला समितिले पूर्णता पाएको छ । लोसपा नेपाल धनुषाको वर्तमान समितिको अध्यक्षमा जिवेन्द्र झा रहेका छन् भने उपाध्यक्ष त्रयमा शम्भुनाथ झा निर्दोषी, झपसी मण्डल र उपेन्द्र चोरबार यादव रहेका छन् । सविचद्वयमा राज कुमार साह राजु र विन्दकिशोर साह किशोर गुरु, सहसचिव त्रयमा लक्ष्मण प्रसाद यादव, रामनारायण साह र राज कुमार चौधरी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा आशा यादव र प्रवक्ताको जिम्मेवारी सन्तोष बरबरियासहित ५० सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News