अपडेट 
२०८० मंसिर १९, मंगलवार ०८:१९

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राजावादी दुर्गा प्रसाईँको मार्गलाई पछ्याउँदै बैंकको ब्याज मिन्हा, लघुवित्त र सहकारीको ब्याज फिर्ता हुनुपर्ने माग उठाएका छन् ।

प्रसाईँले पनि बैंक, सहकारी र लघुवित्तको ब्याज तिर्न नपर्ने माग गर्दै सडक संघर्षमा उत्रेको बेला साहले पनि त्यही माग राखेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधवार सशक्त प्रदर्शनको तयारी गरेका छन् ।

संघीय सरकारले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी कानुन बनाएर कपाली तमसुकलाई प्रमाणित नगराइए बदर हुने प्रावधान राखेपछि बैंक र वित्तीय संस्थाहरुको ऋण र ब्याज माफीको मुद्दा पनि सडकमा उठिरहेको छ । ‘मधेश प्रदेशमा सरकारी योजना र बजेटको खरिद बिक्री भइरहेको ठहर बैठकले गरेको छ’ बैठकबारे जानकारी दिदै अध्यक्ष साहले भने–‘पार्टीले भ्रष्टाचारजन्य कार्य रोक्न र भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान चलाइने बैठकले निर्णय गरेको छ ।’ बैंक र वित्तीय संस्थाहरुले लिने गरेको मिटरब्याजबाट पीडित रहेका उद्योगी, व्यवसायी, किसान लगायत पीडितहरु ऋण र ब्याज मिन्हाको पक्षमा हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन थालेका छन् ।

जनकपुरधाममा सोमबार बसेको आजपा मधेश प्रदेश कमिटीको विस्तारित बैठकमा बोल्दै अध्यक्ष साहले एउटा राजाबाट उन्मुक्ति पाउन यत्रो लडाई लडेको जनताले अहिले छोटे राजाहरुको हाली मुहाली सह्न बाध्य भएको बताए । उनले भने–‘मुलुकमा अहिले छोटे राजाहरु हाबी भएका छन् ।’ देशमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको भनिए पनि देखाउने दाँत रहेको बताउदै उनले अहिले देशमा पार्टी तन्त्र र लुटतन्त्र हाबी रहेको बताए । उनले भने–‘हाम्रो देशमा पार्टीको कव्जामा सरकार छ,गैर निर्वाचित संस्था हाबी भएको छ ,निर्वाचित संस्था कठपुतली हुँदा लोकतन्त्र स्थापना भएको मान्न सकिदैन ।’ मुलुकमा व्याप्त दलतन्त्र र लुटतन्त्र उखेलेर फाल्नैका लागि आफनो पार्टीको उदय भएको उनले बताए ।

अध्यक्ष साहले नेपालमा अस्थिरताका साथै राजनीतिक द्वन्द्व हाबी रहेको बताउदै जुन देशमा सरकार स्थिर रहँदैन,त्यो देश कहिल्यै पनि विकास गर्न नसक्ने बताए । ‘अहिलेको अवस्थामा प्रतिपक्षविहीन मुलुक रहेको छ’ उनले भने–‘ प्रमुख प्रतिपक्षी दल भन्ने एमालेले देशमा रहेको ७ सय ६१ वटा सरकार मध्ये एक तिहाई माथि कव्जा जमाएको छ,एक तिहाई सरकार चलाउने एमाले आफूलाई प्रमुख प्रतिपक्षी कसरी भनाउन सक्छ

Comment


Related News

Latest News

Trending News