अपडेट 
२०८० मंसिर २०, बुधबार १३:४६

केपी ओली कप टी ट्वेंटी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जीत हासिल गरेको मधेश प्रदेश टिमकालाई मधेश प्रदेश सरकारले रु ५ लाख दिने भएको छ ।

बुधबार जनकपुरधाममा टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गर्दै रु ५ लाख दिने घोषणा गरेका छन् । आएदेखि नै खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको दृष्टांत अघि सार्दै उनले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने समेत जानकारी दिए । उनले प्रदेश सभामा छलफल गर्न आदेश समेत दिइसकेको बताए ।

सो अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए ।

पोखरामा मंसिर १५ गते भएको फाइनल म्याचमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।

Comment


Related News

Latest News

Trending News