अपडेट 
२०८० मंसिर २४, आईतवार १०:४४

मधेस सरकारका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संवैधानिक व्यवस्थाअनुसारको सङ्घीय कानुन निर्माणको विषयमा छलफल भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमाको टोलीले संविधानले व्यवस्था गरेअनुसार सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

टोलीले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने समेत बताएका थिए ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका थिए । प्रधानमन्त्री दाहालले सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको उल्लेख गर्दै यसको अन्तिम फैसला संसद्ले गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News