अपडेट 
२०८० मंसिर २५, सोमबार ०८:५८

जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको छ ।

जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंसिर २६ गतेदेखि पुस ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रगशालामा हुने एन–प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ ।

प्रतियोगिता ‘रनिङ कप’ भए पनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो । यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ ।

यस प्रतियोगिताले स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले वताए । ‘प्रतियोगिताबाट प्रतिभावान खेलाडीको टीम बनाएर प्रशिक्षण दिने छौं,’उनले भने,‘राम्रा १५ खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृत्ति पनि दिने तयारी छ ।’

एम्पायर रामकैलाश यादवका अनुसार आइसीसी मान्यता अनुसार प्रतियोगिता हुनेछ । उनले प्रत्येक टीमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिता विजेता र उपविजेता टीमका लागि आकर्षक कप र प्रमाणपत्र दिइनेछ ।

Comment


Related News

Latest News

Trending News