अपडेट 
२०८० मंसिर २८, बिहीबार ०८:३९

मधेश कृषि विश्वविद्यालयले आफ्ना दोस्रो स्थापना दिवस मनाएको छ ।

विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतोको अध्यक्षता तथा शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका सचिव लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो वार्षिकोत्सव समारोहमा विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरले स्थापना काल देखि हाल सम्मको २७ बुँदे प्रगति प्रतिवेदन पेश गरेका थिए ।

मधेश प्रदेश कृषिमै आधारित प्रदेश रहेका कारण यहाँ कृषि विश्विद्यालय स्थापना गरिएको थियो । मधेश प्रदेश सरकारको मधेश गौरवको आयोजना मध्येका एक कृषि विश्व विद्यालयमा अध्ययन पछि विद्यार्थीहरुको कृषिमा झुकाव बढ्ने विश्वास समेत व्यक्त गरिएको थियो । सो अवसरमा पौराणिक प्रक्रियाबाट गरिने कृषि पेशावाट आर्थिक उन्नतिमा टेवा पुग्न नसक्ने भएपछि नयाँ नयाँ प्रविधिको प्रयोग गरी कृषि पेशालाई व्यवसायिक बनाइए वैदेशिक रोजगारलाई विस्थापित गर्ने मुख्य आधार बन्ने विश्वास व्यक्त गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले विश्वविद्यालय मधेशको मात्र नभइ समग्र देशकै नमुना रहने विश्वास सहित शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान आयोगको कार्यालय, सप्तरीका प्रमुख तथा बरथगण लगायतका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

शिक्षक, अभिभावक, विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरुको उल्लासमय सहभागितामा विश्वविद्यालयका विद्यार्थीहरुले लोक संस्कृतिको मौलिकता झल्किने सामाचकेवा नृत्य, मैथिली सांस्कृतिक नृत्य, थारु नृत्य, कथा वाचन, कबिता वाचन लगायतका मनोरञ्जनात्मक बिधाहरुमा आफ्नो कला प्रदर्शन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News