२०८० पुष ३, मंगलवार १२:१६

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News