अपडेट 
२०८० पुष ४, बुधबार ०७:३१

राजर्षि जनक विश्वविद्यालयको अनुसन्धानमूलक अर्धवार्षिक पत्रिका अनुसन्धान जर्नलको मंगलबार लोकार्पण गरिएको छ ।

राजर्षि जनक विश्वविद्यालय अन्तर्गतको अनुसन्धान केन्द्रका निर्देशक रामखेलावन साहको सम्पादनमा प्रकाशित गरिएको अनुसन्धान जर्नल भोल्युम १ नम्वर २ को विश्वविद्यालयकका उपकुलपति अमर प्रसाद यादव र रजिष्ट्रार सत्यनारायण साहले मंगलबार संयुक्तरुपमा लोकार्पण गरे ।

सो अवसरमा उपकुलपति यादवले विश्वविद्यालयको पछिल्लो अवस्था अस्थिर रहे पनि अनुसन्धान केन्द्रले प्रकाशित गरेको अनुसन्धान जर्नलप्रति धन्यवाद दिँदै अनुसन्धानका क्रियाकलापहरु जारी राख्नु पर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा अनुसन्धान गर्नुपर्ने अवस्था रहेकोले अझ फरक विषयवस्तु बनाइ कार्य जारी राख्न आग्रह गरे ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार सत्यनारायण साहले अनुसन्धान कार्य जारी राख्नुपर्ने बताए । उनले विभिन्न संकायहरुलाई आ आफनो तबरले अनुसन्धान गर्न आग्रह गर्दै यसका लागि आवश्यक पर्ने बजेट विश्वविद्यालयले व्यवस्थापन गर्ने बताए ।

निर्देशक साहको सम्पादनमा प्रकाशित उक्त अर्धवार्षिक पुस्तकमा १३ वटा रिसर्च समावेश गरिएको छ । अनुसन्धान जर्नलमा तीनवटा पारामेडिकल, ६ वटा वाणिज्य, एउटा स्टेटिकल र एउटा रिसर्च नेपालीमा रहेको अनुसन्धान केन्द्रका निर्देशक साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News