अपडेट 
२०८० पुष ४, बुधबार १०:०४

लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको छ।

परीक्षा रद्द गर्दै आगामी २ वर्षसम्मका लागि आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने सम्मको कारबाही गरेको छ । काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ । उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ । उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको छ ।

त्यस्तै महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News