अपडेट 
२०८० पुष ६, शुक्रबार ०७:२६

नेपाली कांग्रेस मधेश प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रमा पूर्व उपभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि मञ्चमा गएनन् ।

उनी कार्यकर्ताहरुसंगै बसेका थिए । नेता निधिको गृह नगर जनकपुरधाममा भएको कार्यक्रममा उनी मञ्चमा नगएपछि चर्चाको विषय बनेको छ । मधेश प्रदेश समितिले वरियता क्रममा उनलाई केन्द्रीय सदस्यको लाइनमा राखेपछि उनी असन्तुष्ट भइ मञ्चमा नगएको एक नेताले बताए । नेता निधिलाई प्रकाश शरण महत पछि आसन ग्रहणकालागि आमन्त्रण गरिएको थियो ।

नेता निधिले सभापति शेरवहादुर देउवा पछि आफ्नो वरियता हुनुपर्ने भन्दै मञ्चमा गएनन् । आफ्नै गृह नगरमा नेता निधिलाई अपहेलना गरिएको निधि पक्षधर नेताहरुको भनाइ छ । प्रदेश समितिमा सभापति देउवा पक्षधरको वर्चस्व रहेको छ ।

Comment


Related News

Latest News

Trending News