अपडेट 
२०८० पुष ६, शुक्रबार ०७:४३

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुख्यन्यायाधिवक्तामा दीपेन्द्र झालाई ल्याउन सिफारिस गरेका छन् ।

राउतको नेतृत्वमा रहेको स्टेरिङ्ग कमिटीबाट झाको नाम मंगलबार सिफारिस गरिएको स्रोतले जनाएका छन् । सरोजकुमार यादव मुख्यमन्त्री भएदेखि मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर रहेका छन् ।

जसपा निकटको कानुन व्यवसायीहरुको संगठनले सिफारिस गरेपछि ठाकुरलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरिएको थियो । राउतको पाँच वर्षे मुख्यमन्त्री कालमा झा मुख्यन्यायाधिवक्ता थिए । उनको कारण तत्कालीन सरकार कयौ पटक विवादमा परेको थियो । राउतको सरकारमाथि झाको दवदवा रहेको पार्टी भित्र र कर्मचारीतन्त्रमा चर्चा थियो ।

झा कयौं समितिको संयोजक भए पनि प्रतिवेदन सार्वजनिक गरेन । उनी मुख्यन्यायाधिवक्ता हुँदा प्रदेश सरकारले अपेक्षा गरेको अनुसार कानुन बनाउन सकेन । उनी कानुन बनाउनु भन्दा बढी योजना सञ्चालनमा केन्द्रित रहेका कारण प्रदेश सरकारको व्यापक आलोचनासमेत भएको थियो । उनले कानुन बनाउन मधेश प्रदेश प्रहरीमा आइजीपी प्रमुख हुनुपर्ने बनाए । उनले बनाएका अधिकांश कानुन बाझिलो रहेका कारण कार्यान्वयनमा समेत समस्या हुने गरेका छन् ।

पूर्व मुख्यन्यायाधिवक्ता झाले विभिन्न मन्त्रालयहरुबाट बजेट लिने र योजना चलाउने गरेका थिए । पछिल्लो निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नम्वर २ को क बाट प्रदेश सभामा चुनाव लडेका थिए ।

जसपावाट उम्मेदवार भएका झाले जसपाबाट प्रतिनिधिसभाका उम्मेदवार हरिनारायण यादवलाई घात गरेको आरोप लागेको छ । ठाकुर करिव वर्ष दिन देखि मुख्यन्यायाधिवक्ताको रुपमा कार्यरत रहे पनि उनलाई बजेट र कर्मचारी भर्नामा चासो देखिएको छैन् ।

Comment


Related News

Latest News

Trending News