अपडेट 
२०८० पुष ७, शनिबार ०७:३५

मधेश प्रदेशसभामा विषयत समितिको बैठकबाट दुई वटा मस्यौदामाथि छलफल गरिएको छ ।

बैठकबाट पुसको तेश्रो सातामा प्रदेशसभाको बैठक आह्वान गरिने जनाएको छ । शुक्रबार जनकपुरधाम स्थित प्रदेशसभामा विषयगत समितिको बसेको नियमित बैठकबाट महिला, बालबालिका तथा सामाजिक न्यायसम्बन्धी मस्यौदा र यातायात सम्बन्धी मस्यौदामाथि छलफल गरी प्रदेशसभामा पेश गरिने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनले हाउसमा लग्नु अघि दुईवटै मस्यौदामाथि दफावार छलफल गरिएको बताए ।

उनले यही पुस मसान्तमा लगातार तीनदिनसम्म बैठक आह्वान गर्ने विषयगत समितिमा छलफलसमेत गरिएको बताए । उनले पुस २१, २२ र २३ गते बस्ने प्रदेशसभा बैठकमा महिला, बालबालिका तथा सामाजिक न्यायसम्बन्धी तयार पारिएको मस्यौदामाथि दफावार छलफल गरिने बताए ।

बैठकमा अर्थ तथा योजना समिति, कृषि तथा भूमि व्यवस्था समिति, प्रदेशमामिला समिति, प्राकृतिक वातावरण तथा स्रोत समिति, महिला, बालबालिका तथा सामाजिक न्याय समिति, विकास समिति र सार्वजनिक लेखा समितिका सभापति तथा सरोकारवाल मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News