अपडेट 
२०८० पुष ८, आईतवार १७:३२

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।

आइतबार दिउँसो संसद सचिवालयमा कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् ।

कोइरीमाथि मधेश आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा थिए ।

गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।

Comment


Related News

Latest News

Trending News