अपडेट 
२०८० पुष ११, बुधबार ०८:००

आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस गरिएको छ ।

धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा मंगलवार बसेको कार्य सम्पादन समिति को बैठकले सर्वसम्मतीबाट महेश शंकर गिरि, राजकिसोर सिंह, रामपल्टन साह, बासुलाल महतो, तुलसा आचार्य र अनिता श्रीवास्तवको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभा सदस्यका लागि डेढ दर्जन नेताको नाम प्रस्ताव भएको बताउँदै उपसभापति गणे श झाले त्यस मध्ये सभापति पजियारले चुनेका नेताहरुको नाम सिफारिस भएको बताए ।

राष्ट्रिय सभाको रिक्त १९ स्थान मध्ये मधेश प्रदेशको २ स्थान रहेको छ ।कांग्रेसको भागमा पर्ने संभावनापनि कमजोर नै छ । मधेश प्रदेशको सबै जिल्लाबाट आउने सिफारिसलाई परिमार्जनगरि मधेश प्रदेश समितिले केन्द्रमा उम्मेदवारहरुको नाम पठाउने छ ।

मधेश प्रदेश समितिको बैठक बुधवार बस्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News