अपडेट 
२०८० पुष ११, बुधबार ०८:१९

राष्ट्रिय सभाको चुनाव जति–जति नजिक आउँदैछ, जनता समाजवादी पार्टीभित्र त्यति नै दबाब बढिरहेको छ । गठबन्धनमा सिट बाँडफाँट हुँदा जसपाले लगभग एउटा सिट पाउने निश्चित छ । त्यही एउटा सिटका लागि पनि सो पार्टीमा दौडधुप बाक्लिएको छ ।

केही दिनदेखि पार्टी कार्यालयमा नेताहरूको चहलपहल बढेको छ । राष्ट्रिय सभा सदस्य पाउनका लागि नेताहरु अध्यक्ष उपेन्द्र यादवलाई भेटेर दबाब दिइरहेका छन् । मधेश प्रदेशमा पार्टीको सिट खाली भएकाले जसपाले त्यहाँबाट एउटा सिट पाउने निश्चित छ । तर जसपाले भने आफूले कम्तीमा दुईवटा सिट पाउनुपर्ने भन्दै आइरहेको छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनको मापदण्ड तथा सिटको विषयमा छलफल गर्नका लागि मंगलबार पार्टी कार्यकारिणी समितिको बैठक बसे को छ । बैठकमा राष्ट्रिय सभामा कति वटा सिट दाबी गर्नेदेखि उम्मेदवार चयन लगायतका विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए । उनले भने, ‘एउटा सिट पाउने त निश्चित नै छ । तर हामीले थप एउटा सिट मागेका छौँ ।

एमालेका नौ वटा सिट सबै माओवादी र कांग्रेसले मात्र लिएर हुँदैन । हामीलाई पनि चाहिन्छ भनेका छौँ । हेरौँ के हुन्छ ।’ राष्ट्रिय सभा सदस्यका लागि नै भनेर पार्टीमा अहिले त्यसरी कसैको दाबी वा दौडधुप नरहेको उनले जिकिर गरे । उनले भने, ‘एक वा दुई सिट मात्र हुन्छ भनि सबैलाई थाहा छ त्यसैले त्यसमा धेरैको चासो पनि छैन पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन हुन्छ ।’

प्रवक्ता सुमनले त्यसो भनी रहँदा जसपाका ने ताहरू काठमाण्डु आएर पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य वरिष्ठ नेताहरूको घरघर पुगेर र ाष्ट्रिय सभा सदस्यका लागि आग्रह गरिरहेको सो पार्टीका अन्य नेताहरू बताउँछन् । पार्टीका एक नेताले भने, ‘अहिले त पार्टी कार्यालयमा कहिले नआउने ने ताहरू पनि आउन थालेका छन्, नयाँ नयाँ व्यक्तिहरू पनि देखिन्छन् ।’

राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका ने ताहरू गोविन्द चौधरी (रौतहट), प्रमीला यादव, निर्मला यादव, चन्देश्वर यादव, उर्मिला महतो, बलर ाम महतोलगायतको चर्चा रहेको छ । तर अहिलेसम्म पार्टीले त्यस विषयमा केही निर्णय लिएको छैन । मंगलबार बसेको बैठकले कस्तो निर्णय गर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको छ ।

मधेश प्रदेशमा १०७ प्रदेश सांसदको पाँच हजार ६ सय ७१ मत र स्थानीय तहका २७२ जनप्रतिनिधिको पाँच हजार १६८ गरी १० हजार ८३९ मत रहेको छ । त्यसमा जसपाको मत एक हजार ८१७ रहेको छ भने गठबन्धनको कुल मत सात हजार ९९९ रहेको छ । कोशी प्रदेशमा सत्ता गठबन्धनको मत पाँच हजार ४७४ रहेको छ । त्यसमा जसपाको मत १२९ मात्र रहे को छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा गठबन्धन दलको मत पाँच हजार ४७७ रहेको छ । त्यसमध्ये जसपाको मत २७३ मात्र रहेको छ । बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा जसपाको मत नै छैन ।

Comment


Related News

Latest News

Trending News