अपडेट 
२०८० पुष ११, बुधबार १६:२२

समाजवादी मोर्चाले अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । आज बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयाे, ‘प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो कि भन्ने सन्देश प्रवाह भइरहेको कुरा बैठकमा उठेकाे छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेकाे छ । अध्यादेश नै ल्याएर भए पनि यो कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’

बैठकले अहिलेसम्म भएका कामहरूको समीक्षा गरेकाे र मोर्चाका कामको बारेमा जानकारी गराएको बताउनुभयो । उहाँले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेकोमा धन्यवाद दिएको र सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा बाहिर र भित्री शक्ति लागेको बारेमा छलफल भएको जानकारी गराउनुभयाे ।

यसैगरी बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य शहरहरूमा सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा उठेका प्रश्नहरू चिर्ने गरी कार्यक्रम गर्नेबारे छलफल भएको उहाँकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News