अपडेट 
२०८० पुष १२, बिहीबार १०:५५

कारबाहीमा परेका विद्यालयका प्रधानाध्यापकले मेयरलाई बदनाम गराउन खातामा ५० हजार रुपैयाँ राखेको खुलेको छ ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवले सोही नगरको फकिरचन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजुकुमार साह र लेखापाल देवकुमार यादवले गोप्य रुपमा ५० हजार रुपैयाँ राखेको उजुरी इलाका प्रहरी कार्यालय सबैलामा दिएको छ ।

मेयर यादवले सबैला स्थित सिटिजन्स बैंकको शाखामा रहेको मेयर यादवको खातामा गत शुक्रबार साँझ ५० हजार रुपैयाँको सूचना मोबाइलमा आएको थियो । झुक्किएर आफ्नो खातामा रकम आएको हुनसक्ने जनाउ बैंकलाई दिएका मेयरले बदनाम गर्न खातामा रकम हालेको चाल पाएपछि प्रहरीमा उजुरी गरेका छन् ।

प्रहरीमा किटानी जाहेरी मेयरले दिएपछि विद्यालयका लेखापाल यादवसित प्रहरीले बुधवार सोधपुछ गरेको छ । सो विद्यालयको शैक्षिक गतिबिधि सन्तोषजनक नदेखिएपछि तलब सुविधा रोक्का गरिएको छ ।

Comment


Related News

Latest News

Trending News