अपडेट 
२०८० पुष १४, शनिबार १२:०८

६ प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकारको मात्र एकल दायित्व नभएर सङ्घीय संसद र राजनीतिक दलहरूको साझा दायित्व भएकोमा जोड दिँदै राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्ने जोड दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा मुख्यमन्त्रीहरुले बिहीबार र शुक्रबार हेटौँडामा बसेको बैठकका निर्णयबारे ध्यानाकर्षण गराएका थिए । यस्तै, गत असारमा पोखरा बैठकले गरेका निर्णय र सरकारले दिएको आश्वासनका बारेमा स्मरण गराएका थिए ।

Comment


Related News

Latest News

Trending News