अपडेट 
२०८० पुष १४, शनिबार १५:३२

धनुषा र सिरहाको सीमा क्षेत्रमा रहेको कमला खोलाबाट उत्खननका लागि सिफारिस दिएको आरोपमा सिरहाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिइएको छ । सिरहाको कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ।

ऐन र कानुन विपरीत चुरे तथा वन क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न सिफारिस दिएको आरोपमा वडाध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

पुस ७ गते कमला नदीबाटै गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र ठेकेदार नीरज बस्नेतलाई वनको टोलीले पक्राउ गरेको थियो । यस्तै, वनको टोलीले बिहीबार कर्जन्हा नगरपालिका ७ स्थित कमला नदीबाट कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई अवैध रूपमा नदी उत्खनन गर्न सिफारिस गरेको प्रमाण फेला परेपछि वडाध्यक्ष पोखरेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News