अपडेट 
२०८० पुष १६, सोमबार १५:२३

सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आफूविरुद्ध केही सञ्चारमाध्यमले कुरै नबुझि समाचार लेखेको प्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार चुरे दोहन सम्बन्धी अनुगमनमा गएको समय, केही अनलाइन सञ्चारमाध्यमले तस्विर खिचेर सरकारी गाडिको दुरुपयोग भन्दै समाचार प्रकाशन गरेकोमा मेयर यादवले खेद प्रकट गरेका छन् । अनुगमनकै क्रममा स्थानीय एक खाजा घरमा खाजा खानेबेला कसैले बाहिर लागेको गाडिको तस्विर खिची समाचार बनाएको प्रति उनले आपक्ति जनाएका छन् ।

उनले जनताको कामका लागि आफू विदा, चाड पर्व केही नबुझि २४ घण्टा ३६५ दिन काम गर्दै आएको बताए । उनले बिना केही बुझेर त्यस्ता मनग्रन्थ समाचार लेख्ने पत्रकारमाथि सम्बिन्धित निकायले कारबाही गर्नुपर्ने माग राखेका छन् ।

उक्त खाजा घरको साहुनीले पनि मेयर यादव र उहाँसंगै आएका व्यक्तिले खाजा र पानी मात्र खाएको जानकारी दिइन । उनले खाजाको बिलसमेत मेयर यादवसंग आएका व्यक्तिले तिरेको बताइन । उनले आफ्नो खाजा पसललाई दारु भट्टि भनेर उल्लेख गरेको समाचारप्रति आक्रोस व्यक्तसमेत गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News