अपडेट 
२०८० पुष १८, बुधबार ०७:१४

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तबरले संघीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार सम्पन्न लेखा परीक्षण, बेरुजु फछ्र्योट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका छन् ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश संघीयताको जननी भएकोले संघीयतालाई बदनाम हुने किसिमले कुनै पनि क्रियाकलाप हुन नदिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले संघीयता आएपछि जनताको धेरै अपेक्षा रहेको भन्दै जनतालाई अनुभूति गराउने किसिमले कार्य गर्न आफूहरु अघि बढिरहेको उल्लेख गरे । उनले भने–‘संघीयता महँगो भयो भन्ने कुरा गलत हो । अहिले जति अनियमितता छ, त्योभन्दा बढी बदनाम गर्ने प्रयास गरिएको छ ।’ उनले आगामी लेखा परीक्षण हुँदा प्रदेश सरकार मातहतको कार्यालयहरुमा बेरुजु शून्य बनाउने आफूहरुको प्रयास रहेको बताए ।

कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले सातै प्रदेश र देशको बेरुजुको तथ्य पेश गर्दै समग्र देशको वित्तीय अवस्थाबारे जानकारी गराँउदै शासकीय प्रबन्ध राम्रो नरहेको बताए। अहिलेको उत्पादनले वर्ष भरी धान्न सम्भव छैन् । सार्वजनिक प्रशासनमा सुशासन छैन । भएकै संसाधनको राम्रो सदुपयोग हुनसकेको छैन् । उनंले २०७८/०७९ मा सात प्रदेशका १२१८ कार्यालयमा लेखा परीक्षण हुँदा सात अर्ब ५० लाख बेरुजु भएको जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News