अपडेट 
२०८० पुष २१, शनिबार १२:१७

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भाेलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको छ । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् । स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी बरहथवा नगरपालिका–६ का ३० वर्षका साहको ज्यान गएको थियो ।

लगत्तै हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News